PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​राणालाई खुकुरी हान्ने मोटे पक्राउ, योजनाकार जोधा फरार



पहिलोपोस्ट

काठमाडौँ : नेपाली चलचित्रका निर्माता, निर्देशक तथा कलाकार रोज राणा ९सरोज थापा०लाई खुकुरी प्रहार गरी घाइते बनाएका दुई अभियुक्त पक्राउ परेका छन् ।
 
ती अभियुक्तलाई महानगरीय अपराध महाशाखाको अनुसन्धान टोलीले यहाँस्थित उनीहरुकै निवास नयाँबजारबाट मङ्गलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सिद्धपोखरी स्थायी घर भएका २८ वर्षीय ‘मोटे’ भनिने विवेचन प्रजापती र धादिङ कटुन्जेका वर्ष १८ का ‘कटुन्जे’ भनिने सूर्य लामा रहेका छन्।
 
तर घटनाका मुख्य योजनाकार भुलुङ्टार, काभ्रेपलाञ्चोकका २८ वर्षका ‘जोधा’ भनिने रत्नबहादुर लामा भने फरार रहेको अपराध महाशाखाले जनाएको छ।
 
चलचित्रकर्मी राणालाई गत सोमबार साँझ पुरानो बानेश्वरस्थित सेन्टर क्याफेमा खुकुरी प्रहार भएको थियो । दाँहिने हातमा गम्भीर चोट लागेको उनको हाल ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell