
ओलम्पिक विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता। त्यसमा छनोट हुने र खेल्ने सबैको सपना हुन्छ। अझ ठुलो सपना मानिन्छ पदक जित्ने, त्यसमा पनि गोल्ड मेडल, सबैभन्दा खुसीको क्षण।
कतिपय खेलाडी छनोट हुँदा नै खुसी हुन्छन् भने कति खेलाडी पदक जितेपछि मात्र। तर ब्राजिलमा चलिरहेको ३१ औं गृष्मकालीन अर्थात रियो ओलम्पिकमा भने एक खेलाडी अपवादका रुपमा उदाएका छन्।
उत्तर कोरियाली जिम्नेयस्ट आफ्नो विधामा गोल्ड मेडल जितेर पनि खुसी हुन सकेनन्। गोल्ड मेडज जित्ने नाम सहित उनले अर्को उपनाम पनि पाएका छन्, 'स्याडेस्ड गोल्ड मेडलिस्ट'।
यी खेलाडीको नाम हो, रि से ग्वाङग। मेडल दिन पोडियममा जाँदा सिल्भर र ब्रोन्ज मेडल जित्ने खेलाडी खुसी थिए। तर जिम्न्यास्टिक भउल्टमा गोल्ड जितेर पोसडयमको बीचमा बसेका रि से खुसी हुन सकेनन्।
रि से ले पत्रकारहरुसँग आफु एकदमै खुसीले भरिएको बताएका थिए। 'म एकदम खुसीले भरिएको छु, किनकि हाम्रो लिडरको लागि मैले सफलता दिलाउन पाएँ।'
सामाजिक सञ्जालका केही प्रयोगकर्ताले भने उनी अब प्योङयोङ फर्केपछि लिडर किम जोन उनको अधिनमा बस्नुपर्ने भएकाले दुखी भएका बताएका छन्।
ओलम्पिक जिम्न्यास्टमा गोल्ड मेडल जित्ने तेस्रो उत्तर कोरियाली खेलाडी बनेका उनी दुई पटकको वर्ल्ड च्याम्पियन समेत हुन्।
रि से ले गोल्ड मेडल जित्ने क्रममा रसियाका डेनिस अल्व्याजिन र जापानका केन्जो शिराईलाई पछि पारे। डेनिसले शिल्भर तथा केन्जोले ब्रोन्ज मेडल जिते।
उत्तर कोरियाली सरकारको कडा निर्देशनमा अफिसियलले आफ्ना खेलाडीलाई ब्राजिल लिएर गएका थिए। रियो ओलम्पिकका खेलाडीलाई आयोजकले फ्रिमा सामसुङ मोबाइल फोन उपलब्ध गराएको थियो तर उत्तर कोरियाली खेलाडीहरुले बाहिरी विश्वसँग सम्पर्क गर्छन भनेर उनीहरुको फोन जफत गरिएको थियो।
रियो गेम्सको अफिसियल पार्टनर समेत रहेको एलेक्ट्रोनिक जेइन्ट्स सामसुङले रियो ओलम्पिकमा सहभागी करिब ११ हजार खेलाडीलाई माराकाना स्टेडियमममा भएको उद्घाटन समारोहमा ग्यालेक्सी एस ७ ह्याण्डसेट उपलब्ध गराएको थियो।
उत्तर कोरियाली ओलम्पिक कमिटीले उक्त फोन बन्देज गरेका कारण ओलम्पिकमा सहभागी खेलाडीलाई पनि ग्यालेक्सी एस ७ लिन अनुमति थिएन।
(फोटोहरु : डेलीमेल डट कम)