PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​संविधान संशोधन छिट्टै : उपप्रधान मन्त्री निधि



पहिलोपोस्ट

​संविधान संशोधन छिट्टै : उपप्रधान मन्त्री निधि

काठमाडौँ : भारत भ्रमणमा जानुअघि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले छिट्टै संविधान संशोधन हुने बताएका छन्। भारतीय समाचार संस्था एएनआइलाई दिएको अन्तर्वार्तामा निधिले संविधान संशोधनका विषयमा मधेसी मोर्चासँग छलफल भइरहेको समेत उल्लेख गरेका छन्।

निधि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा भारत भ्रमणका लागि जाँदैछन्।

अन्तर्वातामा उनले भनेका छन् – 'हामी संशोधनको विषयमा काम गरिरहेका छौँ। हामी छिट्टै मधेसी मोर्चासँग संशोधनबारे छलफल गर्नेछौँ। साथै नेताहरु र नेकपा एमालेका नेताहरुसँग पनि। हामीले संशोधनका विषयमा केही गृहकार्य गर्नुपर्ने छ। केही संवैधानिक पक्षहरुमा पनि छलफल गर्नेपर्ने छ र हामी यो छिट्टै गर्नेछौँ।'

निधिले संविधान संशोधनका लागि दुई तिहाइ मत चाहिने उल्लेख गर्दै एमालेले सहयोग गर्ने अपेक्षा समेत व्यक्त गरेका छन्।

'जहाँसम्म संशोधनको विषय छ हामी धेरै आशावादी छौँ सबै दलहरुको सहमतिमा यो हुनेछ। एमालेको पनि सहयोगमा। किनभने अविश्वासको प्रस्ताव माथि जवाफ दिने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसदलाई आश्वस्त तुल्याएका छन् कि आवश्यकता अनुसार संविधानलाइ संशोधन गर्न तयार छौं।'

निधि बिहीबार भारत भ्रमणमा जाँदैछन्। उनले त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्पमा स्वराजसँग भेटवार्ता गर्नेछन्। निधि भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमणको पृष्ठभूमि तयार गर्न दिल्ली उत्रन लागेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell