PahiloPost

Jun 9, 2026 | २६ जेठ २०८३

कैंची प्रहार गरी श्रीमतीको हत्या



पहिलोपोस्ट

मोरङ : कैंची प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारलाई प्रहरीले पक्राउ गरेको छ।

परियारले सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाई मंगलबार कपडा काट्ने कैंचीले टाउकोमा हानेका थिए। घाइते भएकी उनको स्थानीय अस्पताल शनिश्चरेमा उपचार गराई घर ल्याएकोमा बुधबार बिहान मृत्यु भएको हो।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell