PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जनैपूर्णिमामा क्वाँटीको तयारी, हेर्नुस् ११ फोटोमा

जनैपूर्णिमामा क्वाँटीको तयारी, हेर्नुस् ११ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : भोलि जनैपूर्णिमा। धार्मिक मान्यताअनुसार हरेक साउन शुक्ल पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ।
 
जनैपूर्णिमाको समयमा धेरैको घरमा विभिन्न खालका गेडागुडीको क्वाँटी पाक्ने गर्छ। चना, मटर, मस्याङ, मुगी, बोडी, मास, भटमास, केराउ, सिमी लागायतका गेडागुडी भिजाएर त्यसलाई पकाएर क्वाँटी बनाउने गरिन्छ।

यस्ता गेडागुडीको मिश्रण तयार गर्नुअघि टुसा उम्रिने गरी भिजाउने गरिन्छ। निश्चित समय भिजाएर तयार गरिने क्वाँटी सन्तुलित मात्रामा खाए स्वास्थ्यलाई राम्रो गर्ने चिकित्सकहरु बताउँछन्।
 
जनै पूर्णिमाको अर्को विशेषता हिन्दु धर्मावलम्बीहरु ऋषितर्पणी पर्व पनि मनाउने गर्छन्। पुरानो जनै फेरेर नयाँ लगाउँछन्।

यो दिन विशेष मन्त्रबाट हातमा डोरो पनि बाँध्ने गरिन्छ। दिदीबहिनीले दाजुभाइलाइ हातमा रक्षाबन्धन वा राखी बाँधिदिने चलन पनि छ।


ट्रेन्डिङ पोस्ट

Ncell