PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नेविसंघमा रातभर मतदान, बिहान ८ बजे बल्ल सकियो, ६ सयले भोट हालेनन्



रमेश वाग्ले

नेविसंघमा रातभर मतदान, बिहान ८ बजे बल्ल सकियो, ६ सयले भोट हालेनन्

काठमाडौँ : नेपाल विद्यार्थी संघको ११अौं महाधिवेशन अन्तर्गत नयाँ नेतूृत्व चयनका लागि हिजो सुरु भएको चुनावमा भोट हाल्नका लागि नै दुई दिन लागेको छ। हिजो दिउँसो साढे १२ देखि सुरु भएको मतदान आज बिहान ८ बजे मात्र सकिएको हो।

नेताहरुले भागबण्डामा थप्दै जाँदा २३ सयबाट बढेर ३८ सय ५२ प्रतिनिधि पुगेकोमा मतदमानमा भने करिब ३२ सय ५० प्रतिनिधि मात्र सहभागी भए।

हिजो बिहान ७ बजेदेखि चुनाव सुरू हुने भनिए पनि प्राविधिक कारण देखाउँदै साढे ५ घण्टा  ढिलो सुरु भएको थियो। चुनावका लागि सुरुमा राति १२ बजेसम्मको समय निर्धारण गरिएको थियो। तर प्रतिनिधिहरुको लाइन लामै भएका कारण पटकपटक गरी समय थप गरियो।

समय थप्दै जाँदा बिहान साढे ६ बजे लाइन पूरै कार्यलय परिसरभित्र प्रवेश गरेपछि मात्र समय सकिएको घोषणा गरिएको थियो। 

मतदान सकिएपछि करिब एक घण्टामा मुचुल्का तयार पार्न तथा प्रतिनिधि छनौटमा लाग्ने र त्यसको एक घण्टामा मत परिणाम सार्वजनिक गरिने निर्वाचन समितिका सूचना अधिकृत सहसचिव केशव रिजालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell