PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

उपत्यकामा ३० वटा साझा बस थप्न प्रधानमन्त्रीको चासो



पहिलोपोस्ट

उपत्यकामा ३० वटा साझा बस थप्न प्रधानमन्त्रीको चासो

काठमाडौं : उपत्यकामा ३० वटा साझा बस थप्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र साझा बसका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेबीच छलफल भएको छ।
 
साझा यातायातका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलाई आज बिहान प्रधानमन्त्री निवासमै बोलाई प्रचण्डले यसबारे छलफल गरेका हुन्।
 
भेटमा प्रधानमन्त्री उपत्यकामा आवातजावतका लागि जनताले दु:ख पाइरहेको भन्दै ट्राफिक जाम र यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे के गर्न सकिन्छ भनी सल्लाह गरेका थिए।
 
प्रधानमन्त्रीले सम्बद्ध पक्षहरुसँग छलफल र गृहकार्य गरेर कम्तिमा ३० वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराएका थिए।

भेटमा निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell