PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

नेविसंघ मतगणना : काठमाडौं विश्वविद्यालयबाट केन्द्रीय सदस्यमा रितेश चिमोरिया विजयी



रमेश वाग्ले

नेविसंघ मतगणना : काठमाडौं विश्वविद्यालयबाट केन्द्रीय सदस्यमा रितेश चिमोरिया विजयी

काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन अन्तर्गत अहिलेसम्म काठमाडौं विश्वविद्यालय (केयु) को मतगणना सकिएको छ।
 
बिहानदेखि सुरु भएको मतगणना अनुसार केन्द्रीय सदस्यमा केयुका डा. रितेश चिमोरिया विजयी भएका छन्। उनीसँगै प्रतिस्पर्धामा रहेका अर्जुन थापा, डा. चन्दन रमण र क्षितिज गौतम पराजित भएका छन्।
 
नयाँ नेतृत्व चयनका लागि हिजो सुरु भएको मतदान आज बिहान ८ बजे मात्रै सकिएको थियो।
 
नेताहरुले भागबण्डा मिलाउँदै जाँदा २३ सयबाट बढेर ३८ सय ५२ प्रतिनिधि पुगेकोमा मतदानमा भने करिब ३२ सय ५० प्रतिनिधि मात्र सहभागी भए। ६ सयले मतदानमा भागै लिएनन्।

अबको करिब एक घन्टाभित्र मतगणना सकिने निर्वाचन समितिले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell