PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

बार्सिलोना स्पानिस सुपर कप च्याम्पियन



पहिलोपोस्ट

बार्सिलोना स्पानिस सुपर कप च्याम्पियन

बार्सिलोनाले सेभियालाई समग्रमा ५-० गोल अन्तरले हराउँदै स्पानिस सुपर कपको उपाधिक जितेको छ।
 
पहिलो लेगमा सेभियालाई उसैको मैदानमा २-० ले पराजित गरेको बार्सिलोनाले बुधबार घरेलु मैदानमा ३-० को जित हात पार्दै च्याम्पियन बनेको हो। यससँगै बार्सिलोनाले सर्वाधिक १२ पटक स्पानिस सुपर कपको उपाधि जितेको छ।
 
नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन एद्रा तुरानले २ तथा कप्तान लियोनल मेसीले १ गोल गरे।
 
तुरानले खेलको १० औं र ४९ औं मिनेटमा गोल गरे भने मेसीले ५५ औं मिनेटमा गोल गरेका थिए। ३३औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर प्राप्त गरे पनि गोल गरेन सकेन। भिसेन्ट इबोराको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक क्लाउडियो ब्राभोले बचाउ गरेका थिए।
 
मेसीले बार्सिलोनाको कप्तानको रुपमा पहिलो ट्रफी जितेका छन्। नियमित कप्तान आन्द्रेज इनेस्टा चोटका कारण सेभियाविरुद्ध नखेलेपछि मेसीले बार्सिलोनाको कप्तानी सम्हालेका हुन्।
 
यस्तै गोलरक्षक क्लाउडियो ब्राभोको लागि भने यो बार्सिलोनामा अन्तिम उपाधि हुने भएको छ। ब्राभोले फाइनल हुनुअघि नै इंगलिस कलब म्यानचेष्टर सिटीसँग ४ वर्षको सम्झौता गरिसकेका छन्। अब उनी स्वास्थ्य परीक्षणका लागि म्यानचेष्टर जानेछन्। सन् २०१४ मा अर्को स्पानिस क्लब रियल सोसिडाडबाट बार्सिलोना गएका ३३ वर्षे ब्राभोले क्याटनाला क्लबमा रहँदा २ ला लिगा, २ कोपा डेल रे, १ युरोपियन चयाम्पियन्स लिग, १ स्पानिस सुपर कप, १ युरोपियन सुपर कप र १ फिफा क्लब वर्ल्डकपको उपाधि जितेका थिए।
 
सन् २०१४ मै बार्सिलोना गएका प्रशिक्षक लुइस इनरिकेले पनि ब्राभोजति नै उपाधि जितेका छन्।
 
स्पानिस सुपर कपको च्याम्पियन बनेसँगै बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell