PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नेविसंघ अध्यक्षमा नैनसिंह महर विजयी, मनोजमणि १३४ मतले पराजित



रमेश वाग्ले

नेविसंघ अध्यक्षमा नैनसिंह महर विजयी, मनोजमणि १३४ मतले पराजित

काठमाडौं : नेपाल विद्यार्थी संघ नयाँ अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन्।

११औं महाधिवेशन अन्तर्गत भरखरै सकिएको मतगणनामा अध्यक्ष पदमा  महर विजयी भएका हुन्। आधिकारिक घोषणा हुन भने बाँकी छ। महरले १४ सय ९६ मत ल्याए भने उनका प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३ सय ६२ मत ल्याएका छन्।

महामन्त्रीमा भने कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन्। 

नयाँ नेतृत्व चयनका लागि साउन २३ गते सुरु भएको संघको ११औं महाधिवेशन प्रतिनिधि विवादले लम्बिएको थियो।

हिजो सुरु भएको मतदान आज बिहान ८ बजे मात्रै सकिएको हो। नेताहरुले भागबण्डा मिलाउँदै जाँदा २३ सयबाट बढेर ३८ सय ५२ प्रतिनिधि पुगेकोमा मतदानमा भने करिब ३२ सय ५० प्रतिनिधि मात्र सहभागी भए। ६ सयले मतदानमा भागै लिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell