PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

मनोजमणिले बधाई दिए नैनसिंहलाई, दुवै भन्छन्- 'नेविसंघमा अब गुट रहन्न'



रमेश वाग्ले

मनोजमणिले बधाई दिए नैनसिंहलाई, दुवै भन्छन्- 'नेविसंघमा अब गुट रहन्न'

काठमाडौं : नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित नैनसिंह महरसँग हात मिलाउँदै पराजित भएका मनोजमणि आचार्यले बधाई दिएका छन्।
 
निर्वाचनका बेला मात्रै गुट देखिए पनि सधैं नेविसंघमा गुट नरहने आचार्यले बताए। 'मित्र नैनसिंहजीले अब गुट होइन संघलाई एक बनाएर लैजानुहुन्छ। मलाई विश्वास छ,' उनले बधाई दिँदै भने।

विजयी अध्यक्ष महरले नेविसंघ परिवर्तनको नेतृत्व गर्ने संगठन भएकाले यसलाई एकढिक्का बनाएर लैजान आफूमा आएको जिम्मेवारी निर्वाह गर्न लागिरहने बताए।

शैक्षिक आन्दोलन, समृद्धिको मुद्दासँगै संविधान कार्यान्वयनका लागि पनि विद्यार्थीको एजेन्डालाई अब टुंगोमा पुर्‍याइने उनले बताएका छन्।
अब चार महिनाभित्रै संघमा देखिनेगरी परिवर्तन हुने उनले प्रतिबद्धता जनाए।
 
११औं महाधिवेशनको आज सकिएको मतगणनाबाट अध्यक्षमा महर विजयी भएका हुन्। उनलेले १४ सय ९६ मत ल्याएका थिए भने प्रतिद्वन्द्वी आचार्यले १३ सय ६२ मत ल्याए।
 
महामन्त्रीमा भने कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन्।  फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell