PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

झोँछेबाट वसन्तपुरमा सारियो घुम्ती प्रहरी बिट

झोँछेबाट वसन्तपुरमा सारियो घुम्ती प्रहरी बिट

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको झोँछेमा रहँदै आएको नेपाल प्रहरीको 'घुम्ती प्रहरी बिट' आजदेखि वसन्तपुरमा सारिएको छ।

झैझगडा, चोरी र लुटपाटका घटना कम हुँदै गएपछि बिट वसन्तपुरमा सारिएको प्रहरीले जनाएको छ। असार ४ गते सो बिट राखिएको थियो।

जथाभावी पार्किङ गर्ने, सार्वजनिक ठाउँमा चुरोट खाने र अवाञ्छित गतिविधिका कार्य बढेकाले बिट स्थापना गरिएको थियो,' डिएसी विनोद घिमिरेले भने, 'झन्डै दुई महिनामै त्यहाँको अवस्थामा निकै सुधार आएकाले आजदेखि वसन्तपुरमा बिट सारेका हौं।'

चाडपर्व आइरहेकाले भिडभाडको व्यवस्थापन र सम्भावित चोरी, लुटपाटका घटना हुन नदिन वसन्तपुरमा बिट सारिएको उनले बताए। यसरी ठाउँठाउँमा घुम्ती बिट सारिरहँदा स्थानीयसँग प्रहरीको निकटता बढ्ने र अपराधका रेकर्ड पनि रहने गरेको उनको भनाइ छ।

बिटमा चार जना प्रहरी रहनेछन्। चौबीसै घन्टा सुरक्षा प्रदान गरिने डिएसपी घिमिरेले बताए।


ट्रेन्डिङ पोस्ट

Ncell