PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

फिफा टिभीले नेपाली फुटबलबारे बनायो भिडियो, राजु तामाङदेखि अनिल गुरुङसम्म



पहिलोपोस्ट

फिफा टिभीले नेपाली फुटबलबारे बनायो भिडियो, राजु तामाङदेखि अनिल गुरुङसम्म

काठमाडौं : फिफा फुटबलले नेपाली फुटबलसँग सम्बन्धित भिडियो बनाएको छ। विश्व फुटबलको सर्वोच्च निकायको फुटबल भिडियो बनाउने टीमले नेपाल भ्रमण गरेर नेपाली फुटबलबारे भिडियो बनाएको हो।
 
फिफा टिभीले युट्युबमार्फत नेपाली फुटबलबारे भिडियो सार्वजनिक गरेको हो। नेपाल 'फुटबल स्टार्स किप ड्रिम्स अलाइभ' शीर्षकमा बुधबार भिडियो सार्वजनिक गरिएको छ।
 
उक्त भिडियोमा राष्ट्रिय टीम तथा त्रिभुवन आर्मीका मिडफिल्डर राजु तामाङ फिचर छन्। उनको व्यक्तिगत र भूकम्पपछिको अवस्थाबारे कुराकानीका आधारमा भिडियो तयार पारिएको छ। यस्तै, राष्ट्रिय टीमका कप्तान अनलि गुरुङलार्य पनि भिडियोमा देख्न सकिन्छ।

हेर्नुस् भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell