
ब्राजिलमा चलिरहेको रियो ओलम्पिकमा अमेरिकाले सबैभन्दा बढी गोल्ड मेडल जितेको छ। सर्वाधिक मेडल पनि अमेरिकाले जितेको छ। यस्तै व्यक्तिगत रुपमा सर्वाधिक गोल्ड मेडल जित्नेमा पनि अमेरिकी खेलाडी छन्।
हरेक खेलाडीले मेडल जितेपछि आफ्नो देशमा ठूलो सम्मान पाउँछन्, अझै कतिपय देशले थप प्रोत्साहन पुरस्कार सहित नगद रकम पनि दिन्छन्। तर अमेरिकी खेलाडीका लागि भने रियो ओलम्पिक मेडल जित्नु अपवाद बनेको छ।
रियोमा जति मेडल जित्यो त्यही अनुसार अमेरिकामा कर बुझाउनु पर्ने भन्दै बीबीसीले उल्लेख गरेको छ। उनीहरुलाई मेडल जितेअनुसार अमेरिकी ओलम्पिक कमिटीले पनि रकम उपलब्ध गराउँछ तर त्यो रकमको समेत कर तिनुपर्छ।
अमेरिकन जिम्न्यास्ट सिमोन बाएल्सले ४ गोल्ड मेडल सहित कुल ५ पदक जितेकी छिन्। यस्तै ओलम्पिक इतिहासकै सर्वाधिक सफल खेलाडी पौडीका माइकल फेल्प्सले ५ गोल्ड मेडल सहित ६ मेडल जितेका छन्। तर यो मेडल बापत उनीहरुले प्राप्त गर्ने रकम अनुसार नै अमेरिकामा कर बुझाउनुपर्ने नियम रहेको छ।
४ गोल्ड मेडल र १ ब्रोन्च मेडल जितेकी १९ वर्षे जिम्न्यास्ट बाएल्सले ४३ हजार भन्दा बढी अमेरिकी डलर कर बुझाउनुपर्नेछ। यस्तै फ्लाइङ फिसले चर्चित फेल्प्सले ५५ हजार डलर बुझाउनुपर्ने जानकारहरुले बताएका छन्।
अमेरिकी ओलम्पियनलाई भिक्ट्री ट्याक्सका रुपमा समेत चित्रण गरिएको छ। उनीहरुले मेडल जितेवातपत पाएको रकम र मेडलकै मनी भ्यालुको आधारमा कर बुझाउनुपर्नेछ।
खेलाडीसँगै अमेरिकाले अन्य प्राइज मनी जित्ने, लोटरी जित्नेहरुलाई समेत कर लागउँदै आएको छ। तर अधिकाँश देशहरुमा भने खेलाडीका लागि यसप्रकारको कर छुट गरिएको छ।
अमेरिकन ओलम्पिक कमिटीले रियोमा गोल्ड मेडल जित्नेलाई २५ हजार डलर, शिल्भर जित्नेलाई १० हजार र ब्रोन्ज जित्नेलाई १० हजार डलर दिने निर्णय गरेको थियो। तर त्यही अनुसार खेलाडीले कर तिर्नुपर्नेछ।
गोल्ड जित्नेले ९ हजार ९ सय डलर सिल्भर जित्नेले ५ हजार ९४० र ब्रोन्च जित्नेले ३ हजार ९६० डलर कर बुझाउनुपर्नेछ।
केही वर्षयता राजनीतिज्ञ, खेलाडी र फ्यानलहरुले कर तिर्नु कुन हदसम्म सही छ भने बहस पनि गरेका छन्।