PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विजय-यात्रामा नेविसंघका नवनिर्वाचित अध्यक्ष, हेर्नुस् ९ फोटोमा

विजय-यात्रामा नेविसंघका नवनिर्वाचित अध्यक्ष, हेर्नुस् ९ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनबाट नैनसिंह महर विजयी भएका छन्। आज सम्पन्न मतपरिणाम अनुसार उनले १४ सय ९६ मत ल्याए भने उनका प्रतिस्पर्धी मनोजमणि आचार्यले १३ सय ६२ मत पाए।
 
नयाँ नेतृत्व चयनका लागि साउन २३ गते सुरु भएको संघको ११औं महाधिवेशन प्रतिनिधि विवादले लम्बिएको थियो। ९ वर्षसम्म हुन नसकेको महाधिवेशन बल्ल सकिएको छ।

विजयी भएलगत्तै पराजित आचार्यले अँकमाल गरी महरलाई बधाई दिएका थिए। निर्वाचनका बेला मात्रै गुट देखिए पनि सधैं नेविसंघमा गुट नरहने आचार्यले बताए। 'मित्र नैनसिंहजीले अब गुट होइन संघलाई एक बनाएर लैजानुहुन्छ। मलाई विश्वास छ,' उनले बधाई दिँदै भने।

निर्वाचित भएपछि महरले नेविसंघलाई गुटभन्दा पर राखी एकढिक्का बनाएर अघि बढ्ने बताएका छन्। अब चार महिनाभित्रै संघमा देखिनेगरी परिवर्तन हुने उनले प्रतिबद्धता समेत जनाए।

नवनिर्वाचित अध्यक्ष महरलाई ठूलो संख्याका कार्यकर्ताले अबिर दली विजय-यात्रा गराएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell