PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

राजदिदीले बाँधिन् राष्ट्रपतिलाई ‘राखी’



पहिलोपोस्ट

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज राखी बाँधेकी छन्।
 
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका निर्देशक ब्रह्माकुमारी राज दिदीले वैदिक परम्पराअनुसार राष्ट्रपति भवन, शीतल निवासमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समग्र विश्वशान्तिको कामनासहित पवित्रताको सूचक ‘राखी’ बाँधिदिएकी हुन्।
 
यसैगरी पण्डित खेमचन्द्र ढकालले पनि सम्पूर्ण नेपालीको दीर्घायु र ऐश्वर्यको कामनासहित राष्ट्रपतिलाई रक्षाबन्धन गरेको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell