PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'सिंहदरबारमै बसेर परिणाम निकाल्न चाहन्छु’



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'सिंहदरबारमै बसेर परिणाम निकाल्न चाहन्छु’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सिंहदरबारमै बसेर परिणाम निकाल्ने गरी काम गर्न चाहेको बताएका छन्।
 
शुक्रबार बिहान बधाई तथा शुभकामना दिन आएको सिन्धुलीको टोलीसँगको भेटमा प्रधानमन्त्रीले सिंहदरबारमै बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको बताए।
 
धेरै औपचारिक कार्यक्रममा जाने सोच नबनाएको भन्दै उनले संविधान संशोधन गरेर निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन आफू लागिपरेको बताएका थिए।

‘संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनतिर जाँदैछौं,' उनले भने, 'यसले देशमा राजनीतिक स्थिरताको वातावरण निर्माण गर्नेछ।’
 
प्रधानमन्त्रीले चीन र भारतसँग सन्तुलित कूटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दूत पठाएको भन्दै आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको बताए।
 
सिन्धुलीको टोलीले भूकम्पपीडितका लागि राहत रकम थोरै भएको भन्दै राहत रकम वृद्धिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell