PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

'फ्राइडे रिलिज' भनेर बिहीबार नै दुई फिल्म हलमा



पहिलोपोस्ट

'फ्राइडे रिलिज' भनेर बिहीबार नै दुई फिल्म हलमा

काठमाडौं : केही समययता फ्राइडे रिलिज भन्दै शुक्रबार फिल्म सार्वजनिक गर्ने ट्रेन्ड बढ्दो छ। यो साता भने आज रिलिज हुनुपर्ने दुई नेपाली फिल्म हिजो नै एकैसाथ प्रदर्शनमा आएका छन्। 
 
दीपेन्द्र के खनाल निर्देशित 'चपली हाइट २' र मिलन चाम्स निर्देशित 'वीर विक्रम' जनैपूर्णिमाको दिन प्रदर्शनमा आएका हुन्।
 
जनैपूर्णिमाको सार्वजनिक बिदाको अवसर पारेर दुई फिल्म सार्वजनिक गरिएको बताइएको छ।
 
अर्जुनकुमारले निर्माण गरेको चपली हाइट २ मा आयुष्मान देशराज श्रेष्ठ, मरिस्का पोखरेल, परमिता आरएल राना लगायतको अभिनय रहेको छ। फिल्म काठमाडौंभित्र र बाहिर एकैसाथ प्रदर्शनमा आएको हो।
 
वीर विक्रममा भने दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दिया पुन, नाजिर हुसैन लगायतका कलाकार रहेका छन्। यसअघि दुवै फिल्मको रिजिल मिति आज शुक्रबारका लागि तोकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell