PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

भारत भ्रमणमा रहेका मन्त्री निधि आजदेखि विशेष भेटघाटमा, साँझ राष्ट्रपतिलाई भेट्ने



पहिलोपोस्ट

भारत भ्रमणमा रहेका मन्त्री निधि आजदेखि विशेष भेटघाटमा, साँझ राष्ट्रपतिलाई भेट्ने

काठमाडौं : सरकारको विशेष दूतका रुपमा हिजो भारत प्रस्थान गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजदेखि महत्वपूर्ण भेटघाटमा व्यस्त हुँदैछन्।
 
आजै साँझ उनले राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्ने कार्यक्रम छ भने दिउँसो गृहमन्त्री राजनाथ सि‌ंहलाई पनि भेट्नेछन्। भेटमा उनले नेपालको राजनीतिक घटनाक्रम र आपसी सम्बन्धबारे जानकारी गराउनेछन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आआफ्ना समकक्षीलाई पठाएको नेपाल भ्रमणको निमन्त्रणा पत्र पनि निधिले हस्तान्तरण गर्नेछन्।
 
मन्त्री निधिले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव लगायतलाई भेट्ने कार्यक्रम छ। उनी हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनदिने भारत भ्रमणका लागि प्रस्थान गरेका थिए।
 
मन्त्रिपरिषद्को साउन २७ गतेको बैठकले निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको थियो। महरा भने साउन ३१ गते नै ६ दिवसीय भ्रमणका लागि चीन गएका थिए। उनले पनि महत्त्वपूर्ण भेटवार्ता गरेका छन्।

नेपालमा सत्ता परिवर्तन भएपछि यो पहिलो सरकारी विदेश भ्रमण हो। चीनका राष्ट्रपति असोज अन्तिममा नेपाल आउने तयारीमा छन् भने भारतले पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रधानमन्त्री निर्वाचित भएकै दिन भारत भ्रमणका लागि निम्तो दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell