PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

भूकम्पपीडितलाई ट्याक्सी : १५ सयका लागि एक लाखभन्दा बढीको आवेदन, भदौ ५ अन्तिम दिन



पहिलोपोस्ट

भूकम्पपीडितलाई ट्याक्सी : १५ सयका लागि एक लाखभन्दा बढीको आवेदन, भदौ ५ अन्तिम दिन

काठमाडौं : भूकम्पबाट अति प्रभावित १४ जिल्लाका बासिन्दाका लागि सरकारले वितरण गर्न लागेको ट्याक्सी नम्बरका लागि एक लाख १६ हजारले आवेदन दिएका छन्।

साउन ५ गतेदेखि ट्याक्सी दर्ताका लागि आवेदन लिन सुरु गरेकोमा भदौ १ गतेसम्म एक लाख १६ हजार आवेदन परेको यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीले बताए। आवेदन दर्ता गर्ने म्याद भदौ २ गतेसम्म तोकिएको भए पनि दुई दिन सार्वजनिक बिदा परेकाले दर्ताका लागि अन्तिम दिन भदौ ५ गतेसम्म सारिएको उनले जानकारी दिए।
 
भूकम्पपीडितले ट्याक्सी नम्बरको फारम भर्नका लागि नागरिकताको फोटोकपीसहित भूकम्प पीडितको प्रमाणित कार्ड र हालसालै खिचिएको फोटोसहित निवेदन दिनुपर्नेछ।
 
'अन्तिम दिनसम्म एक लाख ५० हजारसम्म पुग्ने अनुमान गरेका छौं,' अधिकारीले भने, 'सरकारले नि:शुल्क ट्याक्सी दिने भन्ने भ्रम रहेको पाइयो तर ट्याक्सी नम्बर मात्रै दिन लागिएको हो।' उनले सबै आवेदनलाई समेटेर गोलाप्रथावाट छनौट गर्ने बताए।

निवेदन परेपछि त्यसलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल चलिरहेको भन्दै उनले भूकम्पपीडितको नामबाट सम्भव नहुने भएकाले दर्ता नम्बरबाट छनौट गर्ने जानकारी दिए।
 
भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा, दोलखा, नुवाकोट, काभ्रे, रसुवा, धादिङ, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगाबाट गाडी रिजर्भ समेत गरेर आवेदन दिन आउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell