
काठमाडौं : नेपाल प्रहरीको प्रधान कार्यालयले आज १ सय २५ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको छ। भदौ महिनाको तलब भत्ता हाल सरुवा गरिएको दरबन्दीबाट लिन मिल्ने गरी उनीहरुको सरुवा गरिएको हो।
प्रहरी प्रधानका कार्यालय अपराध अनुसन्धान विभागमा अमरेन्द्र बहादुर सिंह आइपुगेका छन् भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कबित कटुवालले जिम्मेवारी लिँदैछन्। यस्तै, महानगरीय प्रहरी वृत्त महाराजगन्जमा गोविन्द पुरी सरुवा भई आएका छन्। मनोहर प्रसाद भट्ट महानगरीय प्रहरी वृत्त सिंहदरबारमा र महानगरीय अपराध महाशाखा लागुपदार्थ शाखा काठमाडौंमा होबिन्द्र बोगटी सरुवा भई आएका छन्।
अरु कोको कहाँ सरुवा भए? यहाँ क्लिक गर्नुस्