
यो सिजनको चर्चितमध्येको खबर हो यो। ब्लकबस्टर फ्रेन्चाइजमा धुम सधै चर्चित खबर नै बोक्छ। सलमान खानले धुम ४ मा भिलेन बन्न चाहेनन्। उनलाई अप्रोच गर्न गएकाहरुलाई बलिउडका लभर व्याय सलमानले भने, 'भिलेन बन्न मन छैन।' सलमान भिलेन बन्न तयार छैनन् भने पक्कै पनि आमिर खानको सक्सेसर बनेर सुपरहिट श्रृंखलामा शाहरुखकै पालो थियो।
पछिल्लो रिपोर्टले त्यही भन्छ - धुम ४ मा भिलेन शाहरुख खान। 'डर'का शाहरुखकाको धुम ४ मा कस्तो कम ब्याक हुन्छ थाहा छैन तर भिलेनका लागि 'डन'का सिक्बेलको सफलता उनको साथ छ। त्यतिमात्र होइन जय दीक्षितको भूमिका रणबीर सिंह देखिनसक्छन धुमको यो श्रृंखलमा। अभिशेक बच्चनलाई उनले विस्थापित गर्ने सम्भावना बढेको छ। अलीको भूमिकामा रहेका उदय चोपडा भने यथावत रहनेछन्। आमिरपछि शाहरुखकले धुम कति मचाउँछन् ! धेरैलाई चासोको विषय हुनसक्छ।