PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

बेखबर गाईजात्रे खबर!



पहिलोपोस्ट

बेखबर गाईजात्रे खबर!

काठमाडौं : कुनै बेला थियो 'पर्वे पत्रकार'का लागि सबैभन्दा ठूलो पर्व गाईजात्रा बन्थ्यो। अरु बेला चले पनि नचले पनि गाईजात्रामा पत्रिका चल्थ्यो। तिनमा व्यङ्ग्य र चित्रकथा बेजोड रुपमा समेटिन्थ्यो। 'नयाँ समाज' दैनिकले थालेको गाईजात्रे विशेषाङ्क निकाल्ने क्रम कामना पब्लिकेसन्सको सिनेपत्रिका कामनाले गाईजात्रे इस्यु बनाउन थाल्यो, जुन अझै जारी छ। यसबीचमा गाईजात्रालाई लिएर धेरै पत्रिकाहरु तयार भए।
 

गाईजात्रापूर्वका दिनमा स्केच बनाउनेदेखि कार्टुनिस्ट सबै भ्याइनभ्याई। उनीहरुलाई एक किसिमले असार नै लाग्थ्यो। यसरी निस्कने पत्रिकाको महत्व पनि ज्यादै थियो।



मनोरञ्जनका साधनहरु थिएनन्। अहिलेजस्तो टेलिभिजन च्यानल र इन्टरनेट उपलब्ध नहुँदा यस्ता पत्रिका मनोरञ्जनका प्रमुख साधन बन्थे। मानिसहरु गाईजात्रामा आधारित पत्रिकाहरु कुरेर बस्थे।
 

अहिले प्रिन्ट मिडिया जसरी अवसानको बाटोमा जाँदैछ, हास्यसाहित्य पनि त्यही माध्यममा रहिरहन सक्ने अवस्था रहेन। माध्यमहरु फेरिने क्रम सुरु भयो। अहिले अनलाइनमा चौबीसै घन्टा फन्नी भिडियो हेर्नेहरुको ताँती लाग्छ। चुट्किला पढ्न परे पनि इन्टरनेटमै सहज उपलब्ध हुन्छ। त्यसैले पर्वे रुपमा निस्कने गाईजात्रे पत्रिकाका दिन गए।

 
सामाजिक सञ्जलाहरुमा पनि उत्तिकै यस्ता सामग्री देख्न पाइन्छ। हेर्नुस्, जुनसुकै समय पनि हेर्न/पढ्न सकिने व्यङ्ग्यहरु जुन पहिले गाईजात्रामा मात्र देखिन्थ्यो।

(सबै फोटो : meme NEPAL को फेसबुक पेजबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell