PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

​'सरकार बलियो बनाउन' माओवादी केन्द्रको घोषित महाधिवेशन स्थगित



पहिलोपोस्ट

​'सरकार बलियो बनाउन' माओवादी केन्द्रको घोषित महाधिवेशन स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी पुस २८ गतेदेखि गर्ने भनेको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ।

आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्,  ‘अध्यक्ष कमरेडको नेतृत्वमा बनेको सरकारका कामलाई प्रभावकारी बनाउनु हाम्रो अहिलेको प्राथमिकता हो। सरकारकै काममा मूख्य ध्यान दिनुपर्ने र पार्टीका काममा अध्यक्षले पर्याप्त समय दिन नसक्ने वस्तुगत परिस्थितिका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको छ।’

प्रवक्ता भुसालका अनुसार महाधिवेशन स्थगितसँगै भदौं ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरिएको छ।
 
‘भदौं ११ गते काठमाडौंमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक स्थगित गरिएको छ। त्यसको बिकल्पमा सात वटै प्रदेशमा केन्द्रीय कार्यालयको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागितामा प्रदेशस्तरीय बैठक सम्पन्न गरिनेछ,’ प्रवक्ता भुसालले भनिन्।

प्रवक्ता भुसालका अनुसार पार्टी अध्यक्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका र महाधिवेशनमा केन्द्रित हुँदा सरकारका काम प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरेर महाधिवेशन स्थगित गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell