काठमाडौं : आज गाईजात्रा पर्व। कसैले गुमाएका आफन्तको सम्झनामा र कसैले व्यङ्ग्यवाण हान्नका लागि मनाउने यो पर्व नेपालका तेस्रोलिंगीहरुले भने गौरवको पर्वको रुपमा मनाउँदै आएका छन्।
शुक्रबार पनि देशभरका तेस्रोलिंगीहरु काठमाडौं भेला भए ‘प्राइड फेस्टिवल’ मनाउन। उनीहरु आआफ्ना जातअनुसारका पहिरन तथा एकदमै फेसनेवल पहिरनसहित आ-आफ्नै समूहमा प्रस्तुत भए। ठमेल प्रवेश गर्ने केशरमहल क्षेत्रमा उनीहरुको उपस्थितिले लाग्थ्यो कुनै महोत्सव हुँदैछ।
त्यही ठाउँमा मध्याह्नको करिब साढे १२ हुनै लाग्दा डा. बाबुराम भट्टराईकी पत्नी तथा नयाँ शक्ति नेपालकी सचिवालय सदस्य हिसिला यमी टुप्लुक्क देखापरिन्। ठूलो संख्यामा रहेका तेस्रोलिंगीको भिड छिचोल्दै यमी अग्रभागमा पुगिन। ब्यानर लिएर बसेका तेस्रोलिंगीलाई छिचोल्दै उनी त्योभन्दा पनि अगाडि पुगिन्। र, निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बोकेको झन्डा आफ्नो हातमा लिइन्।
६ वटा रङका लाइन भएको तेस्रोलिंगीको झन्डा जुरुक्क उठाइन् र गर्वका साथ फोटो खिचाइन्। हामीलाई चासो लाग्यो र सोध्यौं, ‘तेस्रोलिंगीको गाईजात्रामा तपाईं चाहिँ किन?’ हिसिलाले स्वाभाविक हाँसो सहित भनिन्, ‘नयाँ शक्ति पार्टीमा उहाँहरुको सदस्यता छ। म उहाँहरुलाई प्रोत्साहित गर्न यहाँ आएकी।’
‘खालि सदस्यताको पैंचो मात्र तिर्न आउनुभएको हो?’ हामीले पुनः अर्को प्रश्न थप्यौ।
उनले पुनः जवाफ दिइन्, ‘हैन। नयाँ शक्ति र व्यक्तिगत रुपमा म पनि उहाँहरुको अधिकारको पक्षमा नै हो।’ र्याली सुरु भइसकेकाले उनले हामीसँग धेरै कुरा गर्न भ्याइनन्।
उनकै लहरमा आएर मिसिइन्, नेपालका लागि अमेरिकी राजदूत एलिना बी टेप्लिज र अमेरिकी मानवअधिकारवादी संस्था ‘ह्युमनराइट क्याम्पिएन ग्लोबल’का डाइरेक्टर मार्टी रोज। त्यसपछि क्यामेराम्यानहरुको भिड लागिहाल्यो। स्वदेशीदेखि विदेशी फोटोग्राफर झुम्मिन थालिहाले। भिडियो खिच्ने टेलिभिनका क्यामेरा भने पछि सर्न बाध्य भए।
लगत्तै बीचमा हिसिला यमी र निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङ तथा कार्यकारी निर्देशक मनिषा ढकाल दायाँ किनारमा अमेरिकी राजदूत र बायाँ किनामा ‘ह्युमनराइट क्याम्पिएन ग्लोबल’का डाइरेक्टर उभिए।
तेस्रोलिंगीको ६ वटा रङमा बनाइएके ठूलो आकारको झन्डा सडकमा फिजाइएको थियो। सबैले झन्डा बोकेर त्यहाँबाट अघि बढे अनि सुरु भयो ‘एलजिबिटी प्राइड’ र्यालीका रुपमा।
अघिल्लो लहरमा नौमती बाजासहितको झाँकी थियो भने दोस्रो लहरमा ब्याण्डबाजा सहितको अर्को झाँकी। फेसन टिभीमा देखिने मोडल जस्ता बनेकाहरुदेखि टिपिकल गाउले फेसनमा तेस्रोलिंगीहरु उपस्थित थिए। उनीहरुले आफ्नो संस्कृति झल्कने झाँकी पनि प्रस्तुत गरेका थिए।
सन् २००६ देखि गाईजात्राका दिन ‘एलजिबिटी प्राइड’का नाममा मनाउने गरेको पर्व यस वर्ष उनीहरुले भव्य भएको बताए। र्याली ठमेल, क्षेत्रपाटी हुँदै वसन्तपुरमा पुगेर रोकियो। दिउँसै मैनबत्तीको झिलिमिली देखियो। त्यहाँ भूकम्पमा परी ज्यान गुमाउनेदेखि विभिन्न कारण दिवंगत भएकाहरुप्रति तेस्रोलिंगीहरुका तर्फबाट गरिएको श्रद्धाञ्जली रहेछ।