PahiloPost

May 26, 2024 | १३ जेठ २०८१

विषाक्त खानाका कारण एकै परिवारका ११ जना अस्पताल भर्ना



राधेश्याम पटेल

वीरगन्ज : फुड प्वाइजनका कारण बारामा एकै परिवारका ११ जना बिरामी परेका छन्।
 
प्रस्टोका बेलहिया–४ का रामबाबु रामको परिवारका ११ सदस्य विषाक्त खानाका कारण बिरामी परेका हुन्। बिरामी हुनेहरुका रामसहित सुनिता कुमारी, सुगान्धी देवी, ममता देवी, पुनकली देवी, रामविनय लगायत रहेका छन्।
 
उनीहरुको अहिले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। गएरातिको खानाले उनीहरुमा फुड प्वाइजन भएको पाइएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ।

चिकित्सक डा.राकेश चौरसियाले गएराति उनीहरुले फोहोरयुक्त खानेकुरा खाएपछि यस्तो समस्या आएको बताए। ‘यो फुड प्वाइजनिङको केस हो, सरसफाई र खानपिनमा ध्यान नदिँदा यस्तो हुन्छ,’ चौरसियाले भने।
 
खाना खाई सुत्ने बेलामा अचानक सबैको पेट दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने समस्या आएपछि अस्पताल पुर्‍याइएको थियो। सबैको अवस्थामा सुधार भइरहेको डा. चौरसियाले बताए। राति पकाएको तरकारीमा माउसुली परेको हुन सक्ने परिवारका सदस्य रुपेश रामले अनुमान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell