PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

भक्तपुरमा यस्तो देखियो गाईजात्रा, हेर्नुस् २१ फोटोमा

भक्तपुरमा यस्तो देखियो गाईजात्रा, हेर्नुस् २१ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


भक्तपुर : आज गाईजात्रा पर्व देशभर मनाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुरसँगै भक्तपुरमा पनि धुमधामका साथ आज यो पर्व मनाइयो।
 
भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ। गाईजात्रा मूलत: नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाईको रूप धारण गरी टोलटोलमा घुम्ने गर्छन्। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ। 
 
इतिहासअनुसार पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालका राजा प्रताप मल्लले गाईजात्राको थालनी गरेका हुन्। उनले जनतालाई मृतक आफन्तको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ।
  
आज दिउँसो भक्तपुरमा ठूलो संख्यामा रहेका सहभागीहरुले दिवंगत आफन्तको सम्झना गर्दै टोलटोल घुमेर गाईजात्रा मनाएका छन्।

हेर्नुस्, भक्तपुरमा मनाइएको गाईजात्राका दृश्यहरु-


ट्रेन्डिङ पोस्ट

Ncell