PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​बोल्टको 'ट्रिपल ट्रिपल' पुरा, रियो ओलम्पिकमा ४ सय मिटर रिलेमा पनि जिते स्वर्ण



पहिलोपोस्ट

​बोल्टको 'ट्रिपल ट्रिपल' पुरा, रियो ओलम्पिकमा ४ सय मिटर रिलेमा पनि जिते स्वर्ण

जमैकन स्प्रिन्टर उसेन बोल्टमा ओलम्पिक इतिहासमा ट्रिपल ट्रिपल पुरा गर्दै अनौठो इतिहास रचेका छन्। 

रियो ओलम्पिक अन्तर्गत शुक्रबार आफ्नो अन्तिम स्पर्धा ४ गुणा सय मिटर रिलेमा स्वर्ण जितेसँगै बोल्ट ओलम्पिक इतिहासमा ३ स्पर्धामा लगातार तीन पटक स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन्। 


बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिक, २०१२ को लण्डन ओलम्पिक र रियो २०१६ मा सय मिटर, २ सय मिटर र ४ गुणा सय मिटर रिलेमा लगातार स्वर्ण जितेका हुन्। 

रियो २०१६ मा ४ गुणा सय मिटर रिलेमा बोल्टले योहान ब्लेक, आसाफा पावेल र निकेल अस्मेएड सँग मिलेर ३७.२७ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै जमैकालाई स्वर्ण दिलाएका हुन्। 

यस स्पर्धामा ३७.६० सेकेण्डमा दुरी पुरा गर्दै जापानले रजत तथा ३७.६४ सेकेण्डमा दुरी पुरा गरेका क्यानाडा कास्य पदक जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell