PahiloPost

Jun 24, 2025 | १० असार २०८२

रियो ओलम्पिक : महिला फुटबलमा स्वर्ण जित्ने नयाँ राष्ट्र बन्यो जर्मनी



पहिलोपोस्ट

रियो ओलम्पिक : महिला फुटबलमा स्वर्ण जित्ने नयाँ राष्ट्र बन्यो जर्मनी

रियो ओलम्पिकबाट महिला फुटबलले नयाँ च्याम्पियन पाएको छ। ओलम्पिक महिला फुटबलमा अमेरिकाको दबदबा रहँदै आएको बेला जर्मन महिला टोलीले स्वर्ण जितेको हो।

पहिलो पटक ओलम्पिक फुटबलको स्वर्ण जित्ने क्रममा जर्मनीको महिला टोलीले स्वीडेनलाई २-१ ले हरायो। ब्राजिलको ऐतिहासिक रंगशाला माराकानामा भएको खेलको ३ वटै गोल दोस्रो हाफमा भएको हो।

खेलको ४८ औं मिनेटमा डिजेनिफर मारोसानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन्। ६२ औं मिनेटमा स्वीडेनकी लिण्डा सेब्राण्टले आत्मघाती गोल गरेपछि जर्मनीले २-० को अग्रता बनायो। 

त्यसको ५ मिनेटपछि स्वीडेनकी स्टीना ब्लायकस्टेनिउसले गोल गर्दै गोल अन्तर कम पारेकी थिइन्। तर त्यसपछि गोल फर्काउन नसक्दा अमेरिका र ब्राजिल जस्ता बलिया टोलीलाई हराएको स्वीडेनले हारमै चित्त बुझायो।

स्वीडेनले क्वाटरफाइनलमा अमेरिका र सेमिफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। यता जर्मनीले क्वाटरफाइनलमा चीन र सेमिफाइनलमा क्यानडालाई हराएको हो।

जर्मनीले पहिलो पटक स्वर्ण जित्दा आयोजक ब्राजिलको महिला टोलीले चौथो स्थानमा चित्त बुझाएको छ। कास्य पदकको लागि भएको खेलमा ब्राजिल क्यानाडासँग २-१ गोल अन्तरले पराजित भयो। 

क्यानडाको जितमा डिएन रोस र क्रिस्टिन सिनक्लाइरले गोल गरिन्। ब्राजिलका लागि बेएट्रिजले सान्त्वना गोल फर्काइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell