PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

प्रिमियर लिग : इब्राहिमोभिचले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडको लगातार दोस्रो जित



पहिलोपोस्ट

प्रिमियर लिग : इब्राहिमोभिचले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडको लगातार दोस्रो जित

स्वीडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले लगातार दोस्रो खेलमा गोल गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ।

शुक्रबार भएको लिगको खेलमा इब्राहिमोभिचले २ गोल गरेपछि म्यानचेष्टर युनाइटेडले साउदह्याम्पटनलाई २-० ले हरायो। यसै खेलमार्फत विश्वकै महँगा खेलाडी पउल पोग्वा म्यानचेष्टर फर्केका छन्। 

यसै सिजन मात्र फ्रि ट्रान्सफरमा म्यानचेष्टर पुगेका इब्राहिमोभिचले बर्नमाउथ विरुद्ध पहिलो खेलमा समेत गोल गरेका थिए।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ३६ औं मिनेटमा कप्तान वायन रुनीको पासमा इब्राहिमोभिचले हेडबाट गोल गर्दै म्यानचेष्टरलाई अग्रता दिलाए। 

पहिलो हाफमा एक गोल गरेका इब्राहिमोभिचले दोस्रो हाफमा पनि एक गोल थपे। ५२ औं मिनेटमा साउदह्याक्पटनका जोर्डी क्लासीले लुक सलाई डि एरियाभित्र फल्ट गरे पनि म्यानचेष्टर पेनाल्टी प्राप्त गर्‍यो। 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा हुँदा पहिलो रोजाईको पेनाल्टी टेकर रहेका इब्राहिमोभिचले युनाइटेडमा पनि पहिलो रोजाईमै पेनाल्टी प्रहार गर्ने अवसर पाए र सजिलै गोलमा परिणत गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए।

त्यसपछि खेलमा कुनै गोल नहुँदा युनाइटेडले जित हात पार्दै ३ अंक जोडेको छ। लगातार दोस्रो जित हात पारेसँगै युनाइेड ६ अंक सहित शीर्ष स्थानमा छ। 

प्रिमियर लिग अन्तर्गत आज दोस्रो चरणका ७ खेल हुँदैछन्। 

 

आजको खेल तालिका

स्टोक सिटी भर्सेस म्याचेष्टर सिटी
बर्नले भर्सेस लिभरपुल
स्वान्से सिटी भर्सेस हल सिटी
टोटनहम हट्सपर भर्सेस क्रिस्टल प्यालेस
वार्टफोर्ड भर्सेस चेल्सी
वेष्ट ब्रोमिच अल्विओन भर्सेस एभरटन
लेस्टर सिटी भर्सेस आर्सनल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell