PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'लोकमानको मनोमानीमा प्रचण्ड किन मौन?'

'लोकमानको मनोमानीमा प्रचण्ड किन मौन?'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारलाई घचघच्याउन भन्दै डा. गोविन्द केसी र उनका समर्थकले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्दै प्रदर्शन गरेका छन्।
 
पटकपटक अनसन बस्दा सरकारसँग गरिएका सम्झौता कार्यान्वयन गराउन माग गर्दै केसीसहित उनका समर्थकले ११ बजेदेखि प्रदर्शन गरेका हुन्। आजको प्रदर्शनमा भने सहभागीको संख्या न्युन देखिन्थ्यो।
 
प्रधानमन्त्रीलाई विगतमा भएका सम्झौता कार्यन्वयनका लागि झकझक्याउन 'स्ट्यान्ड टुगेदर विथ डा. केसी फर योर हेल्थ एन्ड अगेन्स्ट करप्सन' नाम दिई प्रदर्शन गरिएको हो।
 
सहभागीहरुले 'लोकमानको मनोमानीमा प्रचण्ड किन मौन?', 'संसदको सर्वौच्चता कायम गर, समानान्तर सरकार खारेज गर', 'हो हामी पागल हौं, डा. केसीजस्तै', 'बालुवाटार चुप, टंगालको ज्यादती! सभामुख चुप, संसदको बेइज्जती' लगायतका व्यंग्यात्मक प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला, समाजशास्त्री चैतन्य मिश्र लगायतमा व्यक्तित्व पनि थिए।

केसीले अन्तिम पटक आफ्नो आठौं अनसन गएको साउन ९ गते तोडेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने तथा मेडिकल शिक्षा सुधारका विभिन्न माग सहित उनी अनसनमा थिए। सरकारसँग चार बुँदे सहमति भएपछि उनको आठौं अनसन टुंगिएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell