PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

कांग्रेस नेता पौडेल भन्छन्- 'मन्त्री पठाउने विषयमा सभापतिसँग छलफल भएकै छैन'



रासस

कांग्रेस नेता पौडेल भन्छन्- 'मन्त्री पठाउने विषयमा सभापतिसँग छलफल भएकै छैन'

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताएका छन्।
 
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताए।
 
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफूसँग कुनै छलफल नभएको उनले स्पष्ट पारे। 'मन्त्री पठाउने विषयमा पार्टी सभापतिजीलाई सहयोग गर्न म तयार छु,' उनले भने, 'तर सहयोग लिनेले सहयोग लिनुपर्‍यो नि।'
 
फरक प्रसङ्गमा उनले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा नेपाल पछि परेको बताउँदै चीन र रुसको उदाहरण हेरेर देशको विकास गर्नुपर्नेमा जोड दिए। 'हाम्रो पद्दति नै अस्थायी छ, जसले गर्दा ७० वर्षदेखि हामी पछाडि परेका छौं, उनले भने।
 
नेपाल विद्यार्थी सङ्घको अधिवेशन सन्दर्भमा सोधिएको प्रश्नमा उनले सभापति र महामन्त्री बाहेकका धेरै पदहरुमा आफ्ना समूहको उम्मेदवारले विजय हासिल गरेको खुलाए। (फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell