PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

यो नेतृत्व मेरा लागि चुनौतीपूर्ण अवसर : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

यो नेतृत्व मेरा लागि चुनौतीपूर्ण अवसर : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुको लागि काम गर्न चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन्।
 
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा पुगेको गोरखा जौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

'परिस्थिति निकै चुनौतीपूर्ण छ, जनताका आकांक्षाहरु धेरै छन्,' उनले भने, 'मलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको छ। यसपटक केही परिणाममुखी काम अवश्य गर्नेछु।’
 
संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा पनि उनले जोड दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell