PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

म्यान अफ दि इयरमा सहभागी हुँदै पूर्व मिस्टर नेपाल सन्दीप पोखरेल



पहिलोपोस्ट

म्यान अफ दि इयरमा सहभागी हुँदै पूर्व मिस्टर नेपाल सन्दीप पोखरेल

काठमाडौं : नेपाली युवा सन्दीप पोखरेलले यस वर्षको म्यान अफ दि इयरमा सहभागिता जनाएका छन्।
 
सन् २०१५ को मिस्टर नेपाल समेत रहेका पोखरेलले इन्डोनेसियाको पेकानबरुमा भएको उक्त प्याजेन्टमा सहभागिता जनाएका हुन्।
 
विश्वभरका २० जनाले सहभागिता जनाएको उक्त प्याजेन्ट अगस्ट १३ देखि २२ सम्म आयोजना हुनेछ। अहिले उक्त प्याजेन्टको भोटिङ चरण जारी छ। जसमा २२ वर्षे पूर्व मिस्टर नेपाल पोखरेलले अग्रता लिइरहेका छन्।
 
गोरखामा जन्मेका पोखरेल 'फेस अफ पनाचे सिजन २' को सेकेण्ड रनर अफ समेत भएका थिए ।
 
पोखरेलले विलियम शेक्सपियरको नाक ह्यामलेटको नेपाली भर्सनलमा समेत अभिनय गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell