PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

हत्याको आरोपमा दुई पक्राउ, फेला पर्‍यो मृतकको गरगहना



रासस

बुटवल :  महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका– ११ इँटाभट्टीका २७ वर्षीया सविता मल्ल र बुटवल १० सुक्खागरका २७ वर्षीय किसन गुरुङ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए।
 
बुटवल उप–महानगरपालिका– १२ कालिकानगरस्थित डेरा गरी बस्दै आएकी ४० वर्षीया कमला न्यौपानेको गत साउन २७ गते राति आफ्नै कोठामा हत्या भएको थियो।
 
रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ गोरकट्टा घर भई लामो समयदेखि परिवारसहित कालिकानगरमा भाडामा बस्दै आएकी कमलाको आफ्नै कोठामा विद्युतीय मल्टिप्लगको तारले घाँटी कसेर हत्या गरी पलङभित्र शव राखेर हत्यारा फरार भएको प्रहरी अनुसन्धानले देखाएको छ।
 
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार, पक्राउ परेकी सविता मल्लको साथबाट कमला न्यौपानेले लगाउने सुनका गरगहना समेत बरामद गरिएको छ। बरामद गरिएका गरगहनाका आधारमा हेर्दा हत्या लुटपाटकै लागि गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।
 
हत्या गरिएकी कमला र हत्याको आरोपमा पक्राउ परेकी सविता एक वर्षअघिसम्म एउटै घरमा डेरा गरी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको समेत प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell