PahiloPost

Jun 9, 2026 | २६ जेठ २०८३

'गाँठो'मा कसिएको सम्बन्धको फरक कथा



पहिलोपोस्ट

'गाँठो'मा कसिएको सम्बन्धको फरक कथा

काठमाडौं : भदौ ३१ गते प्रदर्शन मिति तोकेको फिल्म गाँठोको ट्रेलर सार्वजनिक गरिएको छ।
 
होस्टेल रिटर्न्सबाट आफ्नो छवि बनाएका अभिनेता नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्ममा सम्बन्धको कथालाई फरक तरिकाले देखाइएको छ।
 
यसअघि गीत तथा टिजरबाट चर्चा कमाइरहेको फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको निर्देशक सुरज भुषालले बताए।
 
मौन तथा होस्टेल रिटर्न्स निर्देशन गरेका भुषालको यो मेहनतलाई दर्शकले पुन: मूल्यांकन गर्नेछन् भने नाजिर हुसेन तथा अभय बरालको कलालाई पनि पर्गेल्नेछन्।
 
बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्ममा तिलक क्षेत्री, नृपेन्द्रराज जोशी र संयम सुरज भुषालको लगानी छ। पोखरा, पाल्पा र गुल्मी आसापासमा छायांकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन्।

हेर्नुस् ट्रेलर-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell