PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

भोजपुरीमा बन्दैछ फिल्म 'दबंग', आजदेखि छायांकन सुरु



पहिलोपोस्ट

भोजपुरीमा बन्दैछ फिल्म 'दबंग', आजदेखि छायांकन सुरु

वीरगन्ज : भोजपुरी कथानक फिल्म भोजपुरिया दबंगको छयांकन शनिबारदेखि वीरगन्जमा सुरु भएको छ।

बारा जितपुरका शेर खान अभिनेता रहेको फिल्मको छायांकन तीन महिनाभित्रमा सकिने निर्माण पक्षले जनाएको छ।

खानसँगै नायिकामा जानवी बस्नेत र सुजिता कार्की छन्। खलनायकहरुमा घनश्याम गिरी, शिवजी विश्वकर्माका साथै अन्य भूमिकामा उद्यव राय, धर्मेन्द्र पटेल, आर्यन कुमार लगायत छन्।

ब्लैक चिली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई एनआर घिमिरेले निर्देशन गर्दैछन्। ९ वटा मनोरञ्जनात्मक भोजपुरी गीत समावेश गरी निमार्ण हुन लागेको यो फिल्मको अधिकांश छायांकन बारा, पर्सा र मकवानपुरमा गरिने अभिनेता खानले बताए।
 
निर्माता साजीर अन्सारी र मुन्ना सर्राफका अनुसार फिल्मकी लागत ४५ लाख रुपैयाँ रहनेछ। समाजमा भइरहेको भ्रष्टाचार र सामाजिक कुरीतिविरुद्ध प्रहरीको भूमिकाबारे फिल्मले कथा भन्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell