PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

बढी यात्रु बोक्ने र रुट परमिट नभएका गाडी काठमाडौं फिर्ता



पहिलोपोस्ट

बढी यात्रु बोक्ने र रुट परमिट नभएका गाडी काठमाडौं फिर्ता

काभ्रे : क्षमताभन्दा बढी यात्रु बोकेका र रुट परमिट नभएका सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
 
काभ्रेस्थित अरनिको राजमार्ग र बिपी राजमार्गमा चल्ने यस्ता सवारी साधनमाथि कारबाही गर्दै प्रहरीले काठमाडौंतर्फ फिर्ता पठाएको छ।
 
राजमार्गका विभिन्न चेकप्वाइन्टमा खटिएको प्रहरीले शुक्रबार मात्रै रुट परमिट नभएका ११ सवारी फिर्ता पठाएको छ भने क्षमताभन्दा बढी यात्रु राख्ने ४० सवारी साधनलाई कारवाही गरी २७ हजार ५ सय राजस्व संकलन गरेको छ। यसैगरी बिहिबार रुट पर्मिट नभएका ७२ सवारी साधन फिर्ता पठाएको छ भने क्षमताभन्दा बढी यात्रु भएका २ सय ४३ सवारी सधानलाई कारबाही गरी ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

पछिल्लो समय सवारी दुर्घटना बढेपछि प्रहरीले कारबाही बढाएको हो। उता वीरगन्जमा पनि बिना रुट परमिटका गाडी चल्न नदिएपछि यात्रुहरु मर्कामा परेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell