PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

माओवादी केन्द्रले गर्‍यो संगठन विभाग पुनर्गठन, प्रदेश इन्चार्जमा तोकिए किराँती र बस्नेत



पहिलोपोस्ट

माओवादी केन्द्रले गर्‍यो संगठन विभाग पुनर्गठन, प्रदेश इन्चार्जमा तोकिए किराँती र बस्नेत

काठमाडौं : नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले पार्टीको संगठन विभागलाई पुनर्गठन गरेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले विभागमा नयाँ जिम्मेवारी प्रदान गरेको हो।

राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय लिन बसेको बैठकले रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १३ सदस्यीय संगठन विभाग पुनर्गठन गरेको छ। नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति पनि निर्माण गरिएको छ।

बैठकले प्रदेश नम्बर १ को इन्चार्जमा गोपाल किराँती र प्रदेश नम्बर ६ को इन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ। अन्य राजनीतिक र संगठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए।

पार्टीको पुस २८ गतेदेखि गर्ने भनेको राष्ट्रिय महाधिवेशन भने स्थगित भएको छ। हिजोको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो।

प्रवक्ता पम्फा भुसालका अनुसार महाधिवेशन स्थगितसँगै भदौ ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि रोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell