PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​ओलम्पिकमा नेपाल : तेक्वान्दोकी निशा रावल चिनियाँ खेलाडीसँग पराजित



पहिलोपोस्ट

​ओलम्पिकमा नेपाल : तेक्वान्दोकी निशा रावल चिनियाँ खेलाडीसँग पराजित

रियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाउने अन्तिम खेलाडी बनेकी निशा रावल तेक्वान्दोमा पहिलो चरणबाटै बाहिरिएकी छिन्।

महिलातर्फको हेभिवेट समूह ६७ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी निशा चिनियाँ खेलाडी शुयिन झेङसँग २-० को स्कोरमा पराजित भइन्।
तर निशालाई जित्ने खेलाडी फाइनलमा पुगेको खण्डमा भने निशाले कास्य पदका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछिन्। 

रियो ओलम्पिकका लागि छनोट भएकी निशा हेभिवेट समूहमा प्रतिस्पर्धा गर्ने १६ खेलाडीमध्ये वाइल्ड कार्डबाट छनोट हुने एक मात्र खेलाडी हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell