PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​ब्राजिलले जित्यो, ओलम्पिक फुटबलमा पहिलो पटक स्वर्ण पदक

​ब्राजिलले जित्यो, ओलम्पिक फुटबलमा पहिलो पटक स्वर्ण पदक

पहिलोपोस्ट /पहिलोपोस्ट


फुटबलको पर्यावाची मानिने ब्राजिलले ओलम्पिक फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको छ।

यसअघि तीन पटक फाइनलमा पुगे पनि स्वर्ण जित्न नसकको ब्राजिलले घरेलु भूमिमै भएको रियो ओलम्पिक फाइनलमा जर्मनीलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो।

ऐतिहासिक माराकाना स्टेडियममा भएको खेलमा ब्राजिलले जर्मनीलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो। निर्धारित ९० मिनेट र अतिरिक्त ३०  मिनेटको समयसम्म पनि १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।

जसमा ब्राजिलका लागि पेनाल्टी प्रहार गरेका पाँचै खेलाडी सफल रहे भने जर्मनीका निल्स पिटरसन गोल गर्न असफल रहे। 

ब्राजिलका लागी रेनाटो अगस्टो, माक्र्विन्होस, रफिन्हा, लुअन र नेमारले गोल गरे।  जर्मनीका लागि माथिएस जिन्टर, सर्जी गनवरी, युलियन ब्राण्ड्ट र निकलस सुलेले मात्र गोल गरे।

यसअघि निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोल गरेका थिए। कप्तान नेमारले २६ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै ब्राजिललाई अग्रता दिलाएपनि ५९ औं मिनेटमा जर्मनीका म्याक्स मेयरले बराबरी गोल गरे।

चार वर्ष अघि लण्डनमा भएको ओलम्पिकमा ब्राजिल फाइटलमा पुगेपनि मेक्सिकोसँग पराजित भएको थियो। 

ओलम्पिक फुटबलमा स्वर्ण जित्नकै लागि भनेर ब्राजिलले स्टार खेलाडी नेमारलाई कोपा अमेरिका कप समेत खेलाएको थिएन। पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको ब्राजिलले ३ रजत र २ कास्य समेत जितेको छ।

 


ट्रेन्डिङ पोस्ट

Ncell