PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​ला लिगा : पहिलो खेलमै स्वारेजको ह्याट्रिक, बार्सिलोनाले रियल बेटिसलाई ६-२ ले हरायो



पहिलोपोस्ट

​ला लिगा : पहिलो खेलमै स्वारेजको ह्याट्रिक, बार्सिलोनाले रियल बेटिसलाई ६-२ ले हरायो

स्पानिस ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलमै लुइस स्वारेजले ह्याट्रिक गर्दा बार्सिलोनाले रियट बेटिसलाई सहजै पराजित गरेको छ।

घरेलु मैदान क्याम्प नोउमा आइतबार बिहान सम्पन्न भएको खेलमा कप्तान लियोन मेसीले पनि २ तथा अर्दा तुरानले १ गोल गर्दा बार्सिलोनाले बेटिसलाई ६-२ ले पराजित गरेको हो।

खेलको सातौं मिनेटमै अर्दा तुरानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका हुन्। स्वारेजले खेलको ४२ औं, ५६ औं र ८२ औं मिनेटमा गोल गर्दैै सिजनको पहिलो ह्याट्रिक पुरा गरे। मेसीले ३७ औं र ५८ औं मिनेटमा गोल गरे।

बेटिसका लागि दुवै गोल रुवेन क्यास्ट्रोले गरे।

ला लिगा अन्तर्गतकै अन्य खेलमा सेभियाले स्पानयोललाई पराजित गर्यो भने ग्रानाडा र भिल्लारियलले १-१ गोलको बराबरी खेलेका छन्।

निकै प्रतिस्पर्धात्मक खेलमा सेभियाले स्पानयोललाई ६-४ गोल अन्तरले पराजित गरेको छ। सेभियाको जितमा लुसियानो डारियो भिएट्टोले २ गोल गरे भने पाब्लो साराविया, फ्रान्को भजक्वेज, वेन एडर र हिरोसी कियोटाकेले एक एक गोल गरे। स्पानयोलका लागि पाब्लो पिएट्टी, हर्नान पेरेज, भिक्टोर सान्चेज माटा र जेरार्ड मोरेनोले एक एक गोल गरे।

ला लिगाको उद्घाटन खेलमा भने मालागा र ओसासुनाले १ १ गोलको बराबरी खेलेका छन्। यस्तै डेपोर्टिभा ला कुरानाले आइबरलाई २ १ ले पराजित गरेको छ।

ला लिगा अन्तरगत आज स्पोर्टिङ गिहोन र एथ्लेटिक विल्वाओ तथा रियमल मड्रिड र रियल सोसिडाड बीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell