PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

अोलम्पिकमा नेपाल : निशाको अन्तिम आशा पनि सकियो, क्वाटरफाइनलमा फ्रान्सेली खेलाडीसँग पराजित



पहिलोपोस्ट

अोलम्पिकमा नेपाल : निशाको अन्तिम आशा पनि सकियो, क्वाटरफाइनलमा फ्रान्सेली खेलाडीसँग पराजित

ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी निशा रावलको कास्य पदक जित्ने सम्भावना पनि सकिएको छ। 


राउण्ड अफ १६ मा निशालाई पराजित गरेकी चिनियाँ खेलाडी शुयिन झेङ फाइनलसम्म पुगेपछि निशाले कास्य पदकका लागि क्वाटरफाइनमा प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन्। तर निशा फ्रान्ेली खेलाडी ग्वलड्स इपाङ्गेसँग ४-३ को स्कोरमा पराजित भइन्।


निशालाई हराएपनि फ्रान्सेली खेलाडी कास्य पदकका लागि भएको खेलमा अमेरिकी खेलाडी ज्याकी गालावेसँग पराजित भइन्।


राउण्ड अफ १६ मा शुयिनसँग शनिबार बेलुका प्रतिस्पर्धा गरेकी निशा २-० ले पराजित भएकी थिइन्। फाइनल पुगेकी चिनियाँ खेलाडी शुयिनले मेकिसन खेलाडी मारिया स्पीनोजालाई पराजित गर्दै स्वर्ण पदक जितिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell