PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विश्वकर्मा सिमेन्टमा मजदूर-व्यवस्थापनबीच तनाव, प्रहरीले लाश गायब पार्न खोजेको आरोप



राधेश्याम पटेल

विश्वकर्मा सिमेन्टमा मजदूर-व्यवस्थापनबीच तनाव, प्रहरीले लाश गायब पार्न खोजेको आरोप

वीरगन्ज : विश्वकर्मा सिमेन्ट उत्पादन गर्ने उद्योग विश्वकर्मा सिमेन्ट प्रालिमा आज बिहानदेखि तनाव भएको छ। वीरगन्ज –२४ लिपनीविर्ता स्थित रहेको उद्योगमा आइतवार बिहान साढे ४ बजे लोडरले किचेर एक जना मजदुरको मृत्यु भएको घटनालाई लिएर मजदुर पक्ष र व्यवस्थापन पक्ष वीच विवाद तथा तनाव उत्पन्न भएको हो।

कम्पनीका लोडर चालकले मजदुर शिवशंकर साहगोढको ज्यान लिएको मजदुरहरुको आरोप छ। उनीहरुको अनुसार यो दुर्घटना होइनन, हत्या हो। घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको मजदुरहरको भनाई छ। 

यता, कम्पनीले यसलाई दुर्घटना भएको बताइरहेको छ। वीरगंज–२५ जगरनाथपुर बस्ने मजदुर शिवशंकरलाई काम गरिरहेको बेला पर्सा ,वैरिया विर्ता–ध्यानसिंह पिपरा बस्ने रबिन्द्र तुरहाले चलाउने लोडरले किचेर मृत्यु भएको घटना हो।

  घटनापछि कम्पनीका प्रबन्धक ईश्वरी उपाध्यायले वडा प्रहरी कार्यालय श्रीपुर पर्साको भ्यान बोलाई लाश गायब गर्न खोजेको मृतकका छोरा राजकिशोर साह गोढले आरोप लगाए। एक साताअघि आफनो बुवासँग त्यही चालकको झगडा पनि भएको उनले बताए। त्यस बेला पनि कम्पनी हाता भित्र चालक रविन्द्र तुरहाले बाहिरको ५ जना गुन्डाहरुलाई बोलाएर बुवालाई कुटपिट पनि गराएको छोरा राजकिशोरको भनाई छ।

घटनालगतै प्रहरीको भ्यानमा लाश लिएर बाहिर निस्किरहेको अवस्थामा केही मजदुरहरुले लाश लैजानबाट रोक्न प्रतिकार गरे। प्रहरी निरीक्षक ऋषिराम ढुंगानाको टोलीले आफन्तजन र मजदुरहरुलाई हातपात गर्दै लाश लग्न प्रयास गरेको मजदुर नेता रामजनम यादवले बताए। प्रहरी नै साहुको प्रभावमा परी पीडितहरुलाई थप पीडा दिएको उनको आरोप छ। मजदुरहरुको भीडभाड बढन थालेपछि बिना सर्जमिन मुचुल्का प्रहरीको गाडीमा लोड गरिएको लाश प्रहरीले कम्पनी परिसरमा झार्न बाध्य भएको थियो।

गाडीमा लागेको रगत पनि प्रहरीले पछि धोएर कर्तुतको प्रमाण मेटन खोजेको आरोप मजदूरहरुको छ। लोडरले किचेर चालक भने फरार छन्। मृतकको अफन्तजनहरु अहिले कम्पनी घेराउ गर्न पुगेका छन्। पहिले चालकलाई कानुनको दायरामा ल्याउनु पर्योम, त्यसपछि बाँकी कुराको छिनोफानो हुने मजदुरहरुको तर्क छ।

​प्रहरी निरिक्षक ढुंगानाले फरार चालकलाई नियन्त्रणमा लिने प्रयास भइरहेको र पीडितको लागि आवश्यक राहतबारे व्यवस्थपन पक्ष र पीडित पक्ष बीच संवाद भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell