
बेरुत : सामाजिक सञ्जालमा भाइरल बनेको सिरियन बालकका दाजुको मृत्यु भएको छ। हवाई हमलापछि रगताम्मे अवस्थामा एम्बुलेन्समा बसेका बालकको तस्बिरले विश्वको ध्यान खिचेको थियो। एअर स्ट्राइकबाट घाइते भएका उनका दाजुको मृत्यु भएको अनुगमन गर्ने एक समूहले पुष्टि गरेको छ।
१० वर्षका अलीले जीवन त्यागेका छन्। अगस्ट १७ मा ओमरानमा भएको बमबारीमा परी उनी घाइते भएका थिए,' सिरियन अब्जर्भर फर ह्युमन राइट्सले भनेको छ।
४ वर्षका उनका भाइ ओमरान आक्रमणपछि उद्दार गरिए। उनका अनुहार, पाखुरा र खुट्टाभरी रगत र धुलो लतपत थियो। सिरियाको हिंसाले बालबालिका कुन अवस्थामा गुज्रिरहेका छन् भन्ने उनको तस्बिरले बाँकी विश्वलाई उजागर गरेको छ।
ओमरानका परिवारका अरु सदस्यहरु भग्नावशेषबाट निकालिएको छ। उनका परिवारका अन्यलाई बचाउन सकेको भए पनि दाजुलाई बचाउन सकेनन्।
सिरियामा हिंसात्मक द्वन्द्व सुरु भए यता २ लाख ९० हजार मानिसले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउनेमा १५ हजार त बालबालिका नै छन्।