PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

अब संघर्ष सुशासनका लागि : प्रचण्ड



पहिलोपोस्ट

अब संघर्ष सुशासनका लागि : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको संघर्ष सुशासन, समृद्धि र विकास लागि हुनुपर्ने बताएका छन्।

आइतबार बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधिसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने,  ‘ठूल–ठूला बलिदानी र संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधान बन्यो। अबको हाम्रो संघर्ष सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो। सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन सक्दैन।’

भेटमा प्रधानमन्त्रीले ‘मधेस–पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गर्ने तथा विकास समृद्धि र पूनर्निर्माणको दिशामा देशलाई डोर्‍याउनु आफ्नो प्राथमिकता भएको’ बताए।

चन्द्र ढकालको नेतृत्वमा आएको प्रतिनिधिले चुनौतिपूर्ण क्षणमा बनेको सरकारलाई सफल बनाउन आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell