PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​एएफसी प्लेअफ क्वालिफायर : नेपालको थ्री स्टारले मंगोलियाको एर्चिमलाई हरायो



पहिलोपोस्ट

​एएफसी प्लेअफ क्वालिफायर : नेपालको थ्री स्टारले मंगोलियाको एर्चिमलाई हरायो

एएफसी प्लेअफ छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले जित हात पारेको छ।

आइतबार मंगोलियाको उलानबटोरमा भएको समूह  बी को खेलमा थ्री स्टारले  घरेलु क्लब एर्चिम एफसीलाई  २-० ले पराजित गरेको हो।

खेलको १५ औं मिनेटमै मार्टिनले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलले पछि परेको घरेलु क्लब दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन। यता थ्री स्टारले भने दोस्रो गोल थप्यो। ७५ औं मिनेटमा कप्तान विक्रम लामाले थ्री स्टारका लागि दोस्रो गोल गरे।

नेपालमा करिब एक महिना भन्दा बढी समय तयारी गरेको थ्री स्टारले मंगोलियामा पनि दुई दिन अभ्यास गरेको थियो। त्यही अनुसार थ्री स्टारले पहिलो खेलमा घरेलु क्लबलाई हराउन सफल भयो।

थ्री स्टारले मंगलबार समूहको दोस्रो खेलमा कम्बोडियाको नागावर्ल्ड एफसीसँग खेल्नेछ। 

समूहको शीर्ष रहने टीम अर्को चरणमा प्रवेश गर्नेछ। प्लेअफ क्वालिफायरमा थ्री स्टारसँगै कुल ९ टीमको सहभागिता रहेको छ। जसमध्ये तीन वटै समूहबाट शीर्ष स्थानमा रहेने ३ टीम अघिल्लो चरणमा प्रवेश गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell