PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

​पाराग्वेमा शाहरुखले थाले 'दी रिङ'



पहिलोपोस्ट

​पाराग्वेमा शाहरुखले थाले 'दी रिङ'

बलिउड सुपरस्टार शाहरुख खान फिल्म सेटमा फिर्ता भएका छन्। रइस र डियर जिन्दगीको कामपछि एक महिना लामो ब्रेक लिएका उनी त्यसपछिको रोमान्टिक ड्रामाका लागि मैदानमा उत्रिएका हुन्।

शाहरुख र इमताज अली व्यस्त सडकमा फिल्मको पूर्व निर्धारित समयअनुसार काम गरिरहेका छन्। यश चोपडाको अन्तिम फिल्म जव तक है जानपछि शाहरुख र अनुश्का शर्माको जोडी यो फिल्ममा 'रियुनियन' हुँदैछ।

दी रिङको सेटका धेरै फोटाहरु अनलाइनमा भाइरल भएको छ। बलिउडका यी हस्तीमात्र होइन फोटोमा फ्यानहरु पनि देखिन्छन्। शाहरुख भारतबाहिर सर्वाधिक लोकप्रिय बलिउड स्टारसमेत हुन्।

फोटोसँगै शाहरुख खानका भिडियोहरु समेत सामाजिक सञ्जालमा जोडिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell