PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

प्रिमियर लिग : वेष्टहम र मिडल्स्ब्रोको पहिलो जित



पहिलोपोस्ट

प्रिमियर लिग : वेष्टहम र मिडल्स्ब्रोको पहिलो जित

प्रिमियर लिग फुटबलमा वेस्टहम युनाइटेड र नवप्रवेश मिडल्स्ब्रोले सिजनको पहिलो जित हात पारेका छन्। 

नयाँ सिजनको पहिलो खेलमा चेलसीसँग हारेको वेस्टहमले दोस्रो खेलमा दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको एएफसी बर्नमाउथलाई १-० ले पराजित गरेको छ।

हयारी अर्टरले ७८ औं मिनेटमा दोहोरो पँहेलो कार्डको सामना गरेपछि अन्तिम १२ मिनेट बर्नमाउथले दश खेलाडीमा रहेर खेल्यो। त्यसैको फाइदा उठाउँदै मिचेइल एन्टोनिओले ८५ औं मिनेटमा वेष्टहमका लागि विजयी गोल गरे।

अर्को खेलमा मिडलस्ब्रोले सन्डरल्याण्डलाई २-१ ले हरायो। सिजनको पहिलो खेलमा स्टोक सिटीसँग बराबरी खेलेको मिडलस्ब्रोको जितमा क्रिस्टियन स्टुअनीले दुवै गोल गरे।

सन्डरल्याण्डका लागि प्याट्रिक भान आनहोल्डले गोल गरेपनि घरेलु मैदानमै भएको खेलमा हार टार्न टार्न उक्त गोल पर्याप्त भएन।

दोस्रो चरणको समाप्तीपछि अंक तालिकामा दुई म्यानचेष्टर क्लब अगाडी छन्। दुई जित हात पारेको म्यानचेष्टर सिटी गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ भने म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ। दुई जित नै निकालेको हल सिटी तेस्रो र चेल्सी चौथो स्थानमा छ।



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell