PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

ट्रयाक्टर दुर्घटनामा चालकसहित दुईको ज्यान गयो



पहिलोपोस्ट

रौतहट : रौतहटको सखुअवा धमौरामा ट्रयाटर दुर्घटनामा परी चालक सहित दुई जनाको मृत्यु भएको छ।
 
ना ४ त १६१७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी गरुडा नगरपालिका-११ निवासी चालक ३२ वर्षीय अब्दुल मियाँ ३६ वर्षीय शेख जलाउलिनको मृत्यु भएको हो।

उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका सोही ठाँउका दिपेन्द्र रामको भने स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

यस्तै,  भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।

गएराति १० बजे भक्तपुरको सिरुटारमा बा ६९ प ३५०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका ३७ वर्षिय अनुप थापा घाइते भएका हुन्। उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell